आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थानीय तहको निर्वाचन सरकारको पहिलो प्राथमिकताः मन्त्री पाण्डे

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७३



  • काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

    मन्त्री पाण्डे

    स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सरकारले स्थानीय तह पुनर्संरचनाको कामलाई पूर्णता दिन लागि परेको भन्दै सरकारको प्राथमिकता नै चुनाव भएको बताएका हुन् ।
    मन्त्री पाण्डेले भने, ‘ स्थानीय तहको निर्वाचन गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनु परेको हो ।’
    सोमबार काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सबैलाई साथमा लिएर निर्वाचनमा जान सरकार तयार रहेको पनि प्रष्ट पारे ।
    मन्त्री पाण्डेले संविधान कार्यान्वयनकै लागि सरकारले निर्वाचन सम्बन्धि कानुनलाई संसदको कार्यसुचिमा प्रवेश गराएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij