प्रकाशित मिति : सोमवार, पुस ११, २०७३
इनरुवा । सुनसरीको हरिपुर गाविस–५ मा आज बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
नाम थर पत्ता नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ४०/४५ वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ७७९३ नंको बसले ठक्कर दिँदा उनको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
मृतकको प्रकृति हेर्दा मानसिक सन्तुलन ठीक नभएको वा मागी खाने हुन सक्ने अनुमान गरिएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij