आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देशहरु अलग भएको इतिहास मोर्चाले एमालेलाई सम्झायो

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३



  • काठमाडौं । संविधान संसोधन प्रस्ताव सम्पूर्ण रुपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जान सक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावीका कारण सभममुख ओनसरी छर्ती घर्तीमगले बोलाएको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

    आइतबारको संसद बैठक स्थगन गरेर सभामुख घर्तीमगरले सोमबार बोलाएको प्रमुख दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधन, स्थानिय निर्वाचन र महाअभियोग प्रस्तावलाई ‘प्याकेजमै डिल’ गर्ने प्रस्ताव राख्नासाथ एमाले नेता भिम रावलले त्यसको ठाडो प्रतिकार गर्दै भने ‘संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद अवरोध जारी नै रहन्छ ।’ यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

    मोर्चाका नेता एवं तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने गणितको मात्र दम्भ गर्दा विश्वराजनीतिमा देशहरु अलग हुन पुगेको इतिहास स्मरण गर्न एमालेलाई आग्रह गरेको जानकारी स्रोतले दियो । ‘एउटै देशमा एक वर्गको भाषा, भेषभूषा हुन सक्ने, अरुको किन हँुदैन ?’ भन्ने प्रश्न गर्दै ठाकुरले भने ‘९० र १० प्रतिशतको कुरा हो भने १० प्रतिशतले ९० प्रतिशतबाट अलग हुने प्रस्ताव राख्न सक्छ । ९० प्रतिशतको बन्दुक र गोलीगट्ठाविरुद्ध राम्रै प्रतिकार गरेको दिनको जिम्मेवार को हुने ?’

    उनले थपे ‘१० प्रतिशत किन चाहियो ? हिम्मत भए सबै नीति निर्णय एक्लै गरे हुन्छ । हामी पनि समय परिस्थितिअनुकूलको प्रतिकारका लागि तयार छौं ।’

    संसद् भवन नयां बानेश्वरमा तीन घन्टा बसेको बैठकमा सत्तापक्ष, प्रतिपक्षी एमाले र मधेसी मोर्चाका नेता आरेप प्रत्यारोपमा उत्रिएपछि संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको र्बठक बिनानिष्कर्ष टुंगिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij