आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँच महिनामा ४ खर्बको आयात

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३



  • काठमाडौं । पछिल्लो पाँच महिनामा ३ खर्ब ८२ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा भएको आयात गत बर्षको यसै अवधिको तुलनामा ७८.२६ प्रतिशतले बढी हो । तर, यो अवधिमा वस्तु निर्यात ३० अर्ब ६० करोड ५७ लाख रुपैयाँको भएको छ ।

    निर्यात भने गत बर्षको मंसिरको तुलनामा १४.०९ प्रतिशतले बढी हो । गत बर्ष भारतीय सीमा नाकाहरुमा अवरोधका कारण आयात प्रभावित भएको खबर आजको कारोबार दैनिकमा छ ।

    चालू बर्षमा स्थिति सहज हुदा मंसिरसम्म व्यापारघाटामा झनै ठूलो खाडल देखिएको छ । आयात उच्च अंकले बढेको र निर्यातमा खासै सुधार नहुँदा व्यापारघाटा झन्डै दोब्बरले बढेको छ ।

    मंसिरसम्म व्यापारघाटा ८७.४४ प्रतिशतले बढेको छ । भन्सार विधागद्वारा सार्वजनिक मंसिरसम्मको तथ्यांकअनुसार यस अवधिमा कुल वैदेशिक व्यापार भने ७१.१३ प्रतिशतले वृद्धि भएको छ ।

    गत बर्ष मंसिरसम्म २ खर्ब ४१ अर्बको वस्तु आयात निर्यात भएकोमा चालू अवधिमा ४ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । निर्यात सुस्त र आयात बढेपछि आयात निर्यात अनुपात पनि बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij