बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बस दुर्घटनामा एकको मृत्यु, २६ घाइते

  • प्रकाशित मिति : मङ्लबार, पुस १२, २०७३



  • चितवन । चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

    घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडाँैबाट मलङ्गवातर्फ जान आउँदै गरेको ना ४ ख ५४४२ नंको रात्रिबस राति १२ः४० बजे सडकबाट करिब १०० मिटर तल खोलामा खसेको हो ।

    बसभित्र सिटमा च्यापिएर सिरहा जिल्लाको लक्ष्मीपुर पटाहाका ३३ वर्षीय धर्मराज मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए।

    घाइतेमध्ये १९ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने पाँचको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

    बस त्रिशूली नदीमा पुग्नुभन्दा २० मिटरमाथि खोचमा अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । राति १ः१५ बजेबाट नेपाल प्रहरी र जनपद प्रहरीले उद्धार थालेका थिए । बस खसेको ठाउँमा डोरीको सहायताले झरेर उद्धार गरिएको हो । यो घटनास्थल मुग्लिङबाट तीन किलोमिटर नारायणगणतर्फ पर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij