आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माइक्रोबसको ठक्करवाट एकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • दाङ । माइक्रोबसको ठक्करबाट आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ ।

    घोराही तुलसीपुर सडकखण्डअन्तर्गत मोतिपुर नजिकै आज साँझ करिब छ बजे बा २ ख ७०२४ नम्बरको माइक्रोबसले ठक्कर दिदाँ तुलसीपुर–६ का ४१ वर्षीय निमा दमाईको उपचारका क्रममा अञ्चल अस्पताल दाङमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।

    सोही माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा अटो रिक्सा चालक तुलसीपुर–६ का चन्द्रमणि वली गम्भीर घाइते भएकोसमेत प्रहरीले जनाएको छ । माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयवासीले सो सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij