आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलाइकाले अरबाजसँग सम्बन्धविच्छेदपछि मागिन् १५ करोड, तनावमा खान परिवार

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • मलाइका अरोडा खानले श्रीमान् अरबाजसँगको १८ वर्षे वैवाहिक सम्बन्धबाट पार पाउनका लागि १५ करोड माग गरेकी छिन् । मलाइकाको यो मागले खान परिवार तनावमा भएको बताइएको छ ।

    – स्रोतका अनुसार बान्द्रको पारिवारिक अदालतसँग मलाइकाले १५ करोड भारुको एलुमिनी राशि माग गरेकी छिन् । यो विभिन्न मागको एकमुष्ट रकम हो ।

    – विभिन्न मागमध्ये मुम्बईको पश बान्द्रा इलाकामा एउटा फ्ल्याट रहेको छ । जसको मूल्य करिब ३.५ करोड भारु रहेको छ ।

    – साथै, छोराको नाममा २.५ करोडको मुद्दती बचत ।

    – छोरालाई २ करोडको कार ।

    – छोराको पढाईका लागि हरेक महिना ५ लाख रुपैयाँ (२१ वर्ष सम्म)

    – आफ्नो लागि ५ करोड भारुको एलुमिनी ।

    – एलुमिनी रकम त्यो हो जुन सम्बन्धविच्छेद पनि पुरुषले महिलालाई दिने गर्दछ ।

    मलाइकाको माग पूरा गर्न सक्दैनन् अरबाजः

    – सूत्रका अनुसार अरबाजका वकिलले अदालतमा मलाइकाको माग अरबाजले पूरा गर्न नसक्ने स्पष्ट पारेका छन् । उनको करियर अहिले रोकिएको र फिल्ममा निर्माता हुनका लागि उनका दाइ सलमानले पैसा दिने गरेको स्पष्ट पार्दै अरबाजले मलाइकाको माग पुरा गर्न सक्षम नरहने वकिलको ठहर छ ।

    – सूत्रका अनुसार अरबाजले अदालतमा उनको आफ्नो विवाह बचाउनका लागि भरपूर प्रयत्न गरेपनि मलाइकाले सम्बन्धविच्छेद गर्ने सोच बनाइसकेको हुनाले आफ्नो प्रयास विफल रहेको बताएका छन् ।

    – अदालतले दुबैको एलुमिनी रकममा पुर्नविचार गर्नको लागि आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij