प्रकाशित मिति : बुधबार, पुस १३, २०७३
नवलपरासी । ठेकेदार र सम्बन्धित निकायको लापरवाहीका कारण नवलपरासीको बडहरा दुबौलिया वडा नम्बर २ मा सात बर्ष अघि शिलान्यास भएको पक्कि पुल अलपत्र परेको छ । सात बर्ष अघि तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको पुल अहिलेसम्म निर्माण सम्पन्न नहुदा स्थानीयहरु समस्यामा परेका हुन् ।
२५ मिटर लम्बाई र ७ मिटर चौडाई रहने पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपियामा ठेक्का दिइएको थियो । तर कम्पनीले काम गर्न नसकेको भन्दै बीचमा शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई जिम्मा लगाएको थियो ।
जिल्लाको मुख्य नाका महेसपुर भन्सारदेखि राजमार्ग भुतहामा जोड्न झरही खोलामा पुल बनाउन लागिएको हो । पुल अभावमा सर्वसाधारणहरुलाई भारतीय बजार तथा भन्सार पुग्न खोला तर्न बाध्य बनेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij