प्रकाशित मिति : बुधबार, पुस १३, २०७३
महोत्तरी । मुहर बस्ती व्यवस्थित बनाउन महोत्तरीको बर्दिबास पुगेका हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)लाई त्यहाँका मानिसले भब्य स्वागत गरेका छन् । एकसय पाँच बर्षीया मरनी सादा लगायतले उनलाई माला र अविर लगाएर स्वागत गरेका थिए ।
मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै बस्दै आएकी थिइन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्याएर र बोरा ओढेर रात काट्दै आएकी उनी धुर्मुसले जीवन फेर्दिन लागेकोमा निकै खुसी छन् ।
‘हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाइदिन लाग्नुभयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ’ मरानीले धुर्मुसलाई आशिवार्द दिदै भनिन् ।
मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिरसम्म माला मात्र लागइदिएनन निदारमा टलक्क टल्किने रातो र पहिलो अक्षता समेत लगाईदिए । धुर्मुस—सुन्तलीको पहलमा बस्तीभित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोरामा ल्याइएको पानी खुवाएर खुशियाली पनि साटे ।
धुर्मुसलाई मुसहरहरुले घरघर पनि घुमाए । धमुर्स—सुन्तलीले मुसहरको घर बनाइदिने घोषणा गरेपछि महोत्तरीको बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशिको कुनै समिा छैन । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) बस्तीको पहिलो चरणको निर्माणका लागि काठमाँडौंबाट बर्दिबास पुगेका हुन् ।
उनै धुर्मुसको पहलमा चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहारस्वरुप दिने योजनासहित धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।
– स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे ।
– ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तिरका विभिन्न पीडिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु,’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij