बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

गण्डकी मेडिकल अस्पतालको सेवालाई सुचारु गराउन निर्देशन

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • पोखरा ।  गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरामा कार्यरत चिकित्सकका आन्दोलनका कारण १५ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आज अस्पतालको सेवालाई सुचारु गर्न निर्देशन दिएको छ ।

    स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवामा हड्ताल गर्ने गराउने कार्य गैरकानुनी हुने भन्दै कार्यालयले अत्यावश्यकीय सेवालाई सुचारु गरी व्यवस्थापन र आन्दोलनरत दुबै पक्षबीच वार्ता गरी समस्याको समाधान खोज्न निर्देशन दिएको हो ।

    कलेजमा कार्यरत चिकित्सकले विनाकारण निष्कासन गरिएका चिकित्सकलाई तुरुन्त पुनःबहाली गर्नुपर्ने, श्रम ऐनअनुसार करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र महिना बितेको सात दिनभित्र तलब वितरण गर्नुपर्ने चारवटा माग राख्दै १५ दिनयता अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दै आएका छन् ।

    सङ्घर्ष समितिका सचिव तारा कोइरालाले आफूहरूका जायज मागको सम्बोधनका लागि कलेजको व्यवस्थापनलाई एक हप्ता समय दिए पनि मागको बेवास्था गरिएका कारण दुई सातादेखि आकस्मिक बाहेकका सेवामा असहयोग आन्दोलन गरेको बताए ।

    कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले तलब वृद्धिलगायतका समस्या समाधानका लागि आन्दोलनरत चिकित्सकसँग तीन हप्ताको समय मागिए पनि उनीहरूले त्यसको बेवास्था गरी आन्दोलनलाई जारी राखेको बताए ।
    हडतालका कारण अस्पतालमा आउने बिरामीका साथै कलेजमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक परीक्षा दिने विद्यार्थी प्रत्यक्षमारमा परेको बताउँदै उनले समस्याको समाधान छलफलबाट हुनुपर्छ भन्नेमा व्यवस्थापन प्रतिवद्ध भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij