प्रकाशित मिति : बुधबार, पुस १३, २०७३
युएई । नेपाली दुतावास युएईले रेमिट्यान्स र यसका असर बारे चेतना फैलाउन जनचेतनामुलक कार्यक्रम आयोजना गरेको जानकारी गराएको छ ।
उक्त कार्यक्रम २० जनवरी, २०१७ शुक्रबारका लागि रसअल खेमाहको माङ्गरोभ होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाली दुतावास युएईकी द्वितिय सचिव विष्णु अधिकारीले जानकारी गराइन् ।
रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा कसरी लगानी गर्ने, लगानीका आधार र बैधानिक माध्यमको बारेमा जनचेतना दिने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
देशको अर्थतन्त्रमा रेमिट्यान्सले ठुलो प्रभाव पार्ने गरेको छ । अबैधानिक रुपमा हुने गरेका हुण्डी कारोवारले गर्दा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पारेको र हुण्डी कारोबार रोक्नको लागि यसको प्रभाव र असरबारे जनचेतना नै पहिलो उपाय रहेकोले उक्त कार्यक्रम आयोजना गरिएको दुतावासले जनाएको छ ।
युएईबाट हुने रेमिट्यान्सको ठुलो हिस्सा हुण्डीबाट कारोबार हुने हुदाँ दुतावासले चासो लिएको छ । निकट भविष्यमै दुतावासले युएईका विभिन्न ४ ठाँउमा जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij