बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

धादिङमा फिल्म सुटिङ युनिट सवारी गाडी दुर्घटना

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • काठमाडौं । धादिङको गल्छीमा बुधबार  ब्याई फ्रेण्ड नामको फिल्म सुटिङ युनिट चढेको गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको राजधानीको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ  ।
    चलचित्रका निर्देशक मदन घिमिरेले स्पोर्ट, लाइट र कुन डिपार्टमेन्टका ११ जना सवार गाडी दुर्घटनामा परेको जानकारी दिए । सुटिङ युनिट चितवनको नारायणघाटतर्फ फिल्मको छायांकनको लागि जाँदै थियो । उनी भने नायक नायिका र निर्मातासँगै अर्को गाडीमा सवार थिए ।
    दुर्घटनापछि हिजै गर्ने भनिएको फिल्मको छायांकन स्थगित भयो भने आज बिहानैदेखि सुचारु गरिएको घिमिरेले रातोपाटीलाई बताए । गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ ।
    उनले राजधानी र चितवनसहितका विभिन्न स्थानमा फिल्म खिचिएको भन्दै आगामी एक साताभित्र छायांकनको सबै काम सकिने जानकारी दिए ।
    फिल्ममा पुस्कर रेग्मी , महिमा सिलवाल, सरोज खनाल, उषा थापा, मोहन निरौला , शोभा भण्डारी , प्रविन विष्ट पवन खनाललगायतको अभिनय रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij