आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्प प्रभावितलाई ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • ललितपुर, १४ पुस – भूकम्प प्रभावितलाई गर्ने भनिएको ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।

    मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ ।

    सबैभन्दा लामो समय लाग्ने कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले बताए। सबैभन्दा लामो समय नै कम्प्युटरमा भर्न लाग्ने भएकाले यसपछि प्रभावितलाई ट्याक्सी वितरण गर्न धेरै समय नलाग्ने उनले बताए ।

    उनले भने, “एक सातामा फाराम भरिसक्ने र सम्पादनको काम सकिएपछि स्वीकृत नामावली प्रकाशित हुनेछ ।” अन्तिम नामावली प्रकाशित गरेपछि कार्यालयले चिट्ठा प्रक्रियाबाट नाम छानेर ट्याक्सी वितरण गर्नेछ ।

    दैनिक १५–१६ जना कर्मचारी कम्प्युटरमा तथ्याङ्क भर्नकै लागि लागेका छन् । कार्यालयले गत साउन ५ गतेबाट भदौ २ गतेसम्म नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो ।

    फाराम भर्नेबाट एक हजार ५०० जनाको चिट्ठाबाट नाम निकाल्ने कार्यालयले जनाएको छ । झन्डै डेढ लाख प्रभावितले फाराम भरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij