प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले थाहा–१३, बज्रवाराही, मकवानपुरमा ७ औं शाखा कार्यालयको स्थापना गरेको छ ।
सो शाखाको उद्घाटन संस्थापक शेयरधनी धु्रव धितालले गरे । सो कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे, पुर्वमन्त्री भक्तबहादुर बलायर,प्रभु क्यापिटलका अध्यक्ष विनोद थकाली साथै बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।
मदानपुर–८, नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तिय संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल, सहज लघु वैकिङ्ग सेवा त्यस क्षेत्रका ग्रामिण, दुर्गम तथा पिछडिएको वर्गहरुको आर्थिक, सामाजिक उन्नतीमा टेवा पु¥याउनको लागी शाखा कार्यालयको स्थापना गरेको जनाएको छ ।
चाडै नै संस्थाले तनहुँ जिल्लामा २ वटा शाखा कार्यालय स्थापना गर्ने संस्थाका निमित्त कार्यकारी प्रमुख प्रमोद भट्टराईले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij