प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३
राजविराज । सप्तरीको छिन्नमस्तामा बुधबार जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । जिल्लाको छिन्नमस्ता–४ गोविन्दपुरमा बुधबार एक कार्यक्रम गरी गाविन्दपुर बालबिवाहमुक्त वडा घोषणा गएिको हो ।
स्थानीयवासीका अनुसार वडा नं ४ मात्र बालविवाहमुक्त घोषणा गरिएको बताइएको छ । गाविस कार्यालय छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजकमा सम्पन्न भएको कार्यक्रममा वक्ताले यो वडामा मात्र होइन कि जिल्लाभरि नै बालविवाहमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।
साथै बालबिवाह गर्नु सामाजिक अपराध हो भन्दै अब सबै मिलेर बालविवाह हुनबाट रोक्नुपर्ने वक्ताले आफ्नो तर्क दिएका छन् ।
यसैबीच समुदाय विद्यालयका शिक्षकलाई पिटी तथा प्रर्थनासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम यहाँ सम्पन भएको छ । जिल्लाको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको परिसरमा सेभ द चिल्डे«नको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रममा राजविराज तथा तिलाठी स्रोत केन्द्रका ४० जना सामुदायिक विद्यालयका शिक्षकको सहभागिता रहेको शिक्षकलाई पिटी र प्रथना सिकाइएको सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij