प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३
काठमाडौं ।नेपाली चलचित्र क्षेत्रमा दर्बिलो योगदान दिएका स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको आज जन्मदिनको अवसर पारेर उनकी पत्नी नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् ।
राजधानीमा एक कार्यक्रमको अयोजना सहित उनले धुम्बाराहीमा रहेको घर आँगन नामक संस्थालाई डेढ लाख नगद सहयोग गरेकी हुन् । कार्यक्रममा निर्देशक दीपाश्री निरौला र स्वेताले संस्थाका संचालक दीपक सिलवाललाई नगद हस्तान्तरण गरे ।
संस्थाले धुम्बाराहीमा नयाँ भवन बनाउने तयारी गरेको छ । जसको जग बसाल्नका लागि स्वेताले डेढ लाख सहयोग गरेको कार्यक्रममा जानकारी दिइयो । संस्थामा १९ जना अनाथ बालबालिका आश्रित छन् ।
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको दुई अर्ष अगाडि साउन २४ गते निधन भएको थियो ।
– श्रीकृष्ण समाजसेवामा निकै अग्रसर हुनुहन्थ्यो भन्दै स्वेताले समाजसेवाका लागि धन मात्र नभएर मन चाहिने बताइन् ।
– निर्देशक दीपाश्री निरौलाले जग बसाउँने कामका लागि रकम सहयोग गरिएको र घर बनाउन पनि सबैको सहयोग हुने बताइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij