आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जलविद्युत् आयोजना सडकको जिम्मा नेपाली सेनालाई

  • प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३



  • काठमाडौं । सरकारले भूकम्प र पहिरोले क्षति पुर्‍याएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको प्रवेश सडक मर्मतसम्भार गर्न नेपाली सेनालाई जिम्मा दिएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले आयोजनाको बाँधको दायाँ–बायाँ र पहुँच ९प्रवेश० मार्गको विभिन्न स्थानमा गएको पहिरो रोकथामको काम गर्ने जिम्मा सेनालाई दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
    ‘सडक निर्माणसँगै सेनाले बाँधको दायाँ–बायाँको पहिरो रोकथाम गर्न सुरक्षा पर्खाल (प्रोटेक्सन वाल) पनि लगाउनेछ,’ उनले भने, ‘अब भूकम्पछि अवरुद्ध रहेको आयोजनाको निर्माण सुरु गर्न बाटो खुलेको छ ।’

    पाल विद्युत् प्राधिकरणले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत सेनामार्फत गराउने निर्णय गरेको थियो । नुवाकोटको सिम्लेमा रहेको पावर हाउसदेखि रसुवाको फालेटारमा रहेको हेडवक्र्स पुग्ने करिब ५ किलोमिटर सडक अघिल्लो वर्षको भूकम्प र बाढीपहिरोले क्षतिका कारण भत्किएको थियो ।

    बजेट ६१ करोड १८ लाख
    मन्त्रिपरिषद्ले आयोजनाको बाँधको दायाँ–बायाँ र पहुँच ९प्रवेश० मार्गको विभिन्न स्थानमा गएको पहिरो रोकथामका लागि ६१ करोड १८ लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
    प्राधिकरणले आयोजनाको म्याद ३४ महिना थप गरेको छ । लक्ष्यअनुसार काम भएकामा आयोजनाको निर्माण ०७६ को वैशाखमा मात्रै सकिनेछ । प्राधिकरणले भूकम्प र पहिरोले काबुबाहिरको परिस्थिति ९फोर्स मेजर० उत्पन्न भन्दै आयोजनाको म्याद १७ वैशाख ०७६ ९३० अप्रिल २०१९० सम्म थप गरेको हो ।

    लागत र समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण ९इपिसी० मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न सिजिजिसीसँगको सम्झौता १८ जेठ ०६८ ९१ जुन २०११०बाट कार्यान्वयनमा आएको थियो । ३५ महिनामा काम सक्ने गरी सिजिजिसीसँग ठेक्का सम्झौता भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij