प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३
नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएको छ ।
कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो । प्रतिबोरा ३० किलो चामल छ, केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग गर्न नसकिएको ज्ञवालीले बताए ।
नेपालगन्जमा संस्थानले धान खरिद गरिरहेको छ । किसानबाट किनेको धान राख्ने ठाउँ छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij