प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३
नेपालगन्ज । आर्थिक अवस्था कमजोर भएका, उच्च जोखिममा रहेका, विद्यालय टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्रालाई बिहीबार साइकल उपलब्ध गराइएको छ ।
माइती नेपालको अधिकार परियोजनाअन्तर्गत बाँके जिल्लाको प्रभात मावि र लक्ष्मी माविका २० जना विद्यार्थीलाई एक÷एक थान साइकल निःशुल्क उपलब्ध गराइएको हो । यसअघि, सोही परियोजनाअन्तर्गत नेपालगन्जस्थित सरस्वती मावि र बर्दियाको महाकवि लक्ष्मीप्रसाद माविका विद्यार्थीलाई २०÷२० थान साइकल प्रदान गरिएको थियो ।
सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइरालाले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा दुई माविका छात्रालाई साइकल हस्तान्तरण गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij