प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३
काठमाडौं । बौद्धिक अपांगता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभुत अधिकारको प्रत्याभूति गराउन सरकार लागि नपरेको भन्दै सरोकरावालाहरुले गुनासो गरेका छन् ।
बौद्धिक अपांगता अभिभावक महासंघ, नेपालले काठमाडौमा शुक्रबार कार्यक्रम गरी घर, परिवार, समाज र राज्यबाट पनि बौद्धिक अपांगता भएकाहरु अपहेलित भएको भन्दै गुनासो गरेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष मुकुन्दहरि दाहालले बौद्धिक अपांगता भएकाहरुले न्यूनतम मानव अधिकार समेत उपभोग गर्न नपाउँदा समेत राज्य बेखवर भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट समेत बञ्चित हुनु परेको भन्दै रोजगारीका लागि बौद्धिक अपांगता भएकाहरुका लागि छुटयाइएको आरक्षण सिटमा कसलाई अवसर दिने गरिएको छ भन्ने विषयमा राज्य नै बेखवर हुनु दुःखद भएको टिप्पणी गरे ।
महासंघले नेपालमा हाल १४ हजार ८ सय ८८ जना बौद्धिक अपांगता भएको सरकारी तथ्यांक रहेपनि यसको वास्तविक प्रतिनिधित्वको अवसर भने कहिँकतै नदेखिएको उनीहरुको गुनासो छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij