प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माको कार्यशैलीका कारण कतिपय अवस्थामा प्रधानमन्त्री प्रचण्ड समेत अप्ठ्यारोमा पर्ने गरेको आजको जनआह्वान साप्ताहिकमा खबर छापिएको छ ।
जनताको काम नगर्ने, सेवा प्रवाहमा ध्यान नदिने केवल साना मसिना विषयमा मात्रै कार्यकारी प्रमुखलाई अल्झाएर राख्ने समाचारमा आरोप लगाइएको छ ।
प्रधानमन्त्री कार्यालयमा आफ्ना निकटलाई भेला पारेर उनले भन्ने गरेका छन् प्रधानमन्त्रीबाट सबै काम गराउन सक्छु म तिमीहरु के को चिन्ता मान्छौ ?
सचिव शर्माको कार्यशैलीबाट मुख्य सचिव डा सोमलाल सुवेदी समेत हैरान भएका छन् ।
सचिव शर्माको प्रमुख दाउ भने अर्कै रहेको छ । उनी हालका मुख्य सचिव डा सुवेदीलाई महालेखापरिक्षकको कार्यालयमा पठाएर मुख्य सचिव बन्ने दाउमा रहेका छन् । तर त्यो आशय गलत हो भन्ने देखाउन पनि उनले महालेखापरिक्षक बन्ने भन्दै निवेदन समेत दर्ता गराएका छन् । विगत सात महिनादेखि महालेखा परिक्षकको कार्यालयका प्रमुख खाली रहेको छ । मुख्य सचिव सुवेदीलाई उता पठाउन सकियो भने आफू मुख्य सचिव बन्न पाइने वा त्यसो नभएको खण्डमा महालेखापरिक्षक भने जसरी भएपनि बन्ने उनको मनसाय रहेको छ ।
सुचनामापनि सचिव शर्मा
टंकमणि शर्माको अर्को महत्वपूर्ण विशेषता भनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको महत्वपूर्ण सूचना विभिन्न शक्तिकेन्द्रमा पु¥याउनु रहेको समाचारमा उल्लेख छ । प्रधानमन्त्रीलाई कस कसले भेट्छन् , के के कुराकानी हुन्छ, कुन कुन नयाँ योजना बन्छन् ती सबै योजना उनले शक्तिकेन्द्रमा पु¥याउने गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij