आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अर्थमन्त्री महरासँग पूर्व शिक्षामन्त्री पोखरेलको गुनासो

  • प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३



  • काठमाडौ । शिक्षा ऐन आठौ संशोधन भएको साढे ६ महिना भइसक्दा पनि शिक्षा नियामवली सार्वजनिक नभएको भन्दै पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले असन्तुष्टि जनाएका छन् ।

    अर्थ मन्त्री कृष्णबहादुर महरालाई पत्र लेख्दै पुर्व मन्त्री पोखरेलले सवै दलको सहमतिमा पास भएको शिक्षा ऐन अहिले अर्थ मन्त्रालयले सहमति नदिँदा सार्वजनिक हुन नसकेको भन्ने सुन्दा आफुलाइ दुख लागेको बताएका छन् ।

    पोखरेलले महरालाई लेखेको पत्रमा भनेका छन्–‘ऐनको महत्वलाइ अर्थ मन्त्रालयले नबुझेको वा बुझ्नै नचाहेकाले बढि दुख लागेको हो । आमुल परिवर्तनको पषमा जीवन लगाउने तपाई आज अर्थमनत्री हुनुहुन्छ, ऐन पारित हँुदा बधाई दिने पार्टी अध्यक्ष कमरेड प्रचण्ड हाल प्रधानमन्त्री हुनुहुन्छ । तपाईंहरुलाई विद्यालय शिक्षा सुधारको एउटा अवसर प्राप्त भएको छ । यो अवसर सधै र सवैलाइ प्राप्त हुदैन ।’


    स्वाधिन र समृद्ध राष्ट्र निर्माणको एक आधार शिक्षा भएको भन्दै शिक्षाका समस्या आज हल नगरे कहिले गर्ने ? भनेर प्रश्न गरेका छन् । उनले भनेका छन् –हामीले नगरे कसले गर्ने ? यो कुरालाई आत्मसाथ गर्दै शिक्षाको क्षेत्रमा आवाश्यक्ता अनुसार लगानि बढाउनुपर्छ ।

    त्यस्तै मन्त्री पोखरेलले ऐनले प्रष्ट गर्न नसकेका तर ऐनले बन्देज नलगाएका ब्यवहारिक आवस्यकता (सिकाई, शैक्षिक व्यवस्थापन, आचारसंहिता लगायतका) कानुनी व्यवस्थामा ढाल्नु पनि नियमावलिको दायित्व भएको बताएका छन् ।

    उनले यो वेला शिक्षामा क्रमभंगताको साधनको रुपमा चाँडोभन्दा चाँडो नियमावली ल्याउन जरुरी रहेको भन्दै यो नियमावलीले ऐनका व्यवस्थालाई थप समृद्द तुल्याउन सके शिक्षा र विकासका लागि कोशेढुङ्गा हुनसक्ने दावी पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij