प्रकाशित मिति : शुक्रबार, पुस १५, २०७३
सप्तरी । सप्तरीको मैनाकडेरीस्थित चन्द्र नहरमा निमार्ण गरिएको नयाँ पुल भास्सिँदा यात्रुलाई समस्या भएको छ ।
मैनाकडेरी र लोहजरा गाउँको बीचमा रहेको सो नहरमा निर्माण गरिएको पुल छेउको तार बोल्डर, पुलको छेउको भाग भास्सिँदा आउने जानेलाई ज्यान जोखिममापर्ने स्थिति रहेको स्थानीयवासीको गुनासो छ ।
चन्द्र नहरको पुरानो पुल जीर्ण भएपछि बनाइएको नयाँ पुलको दुबैपट्टि भत्कनुका साथै पुलले जोड्ने सडक २० फिट तल भास्सिँन जाँदा सो पुलबाट दुर्घटनाको समस्या बढेको स्थानीयवासीको भनाइ छ ।
पुलको वारिपारी रहेको र बाटो भास्सिँएको सो पुल हुँदै आवागमन गर्नेलाई समस्या भएको छ । सो नहरमा चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यलयबाट पुल निमार्ण गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
पुलको मर्मत गर्न पटक/पटक कोसीपम्पका इन्जिनियर समक्ष जानकारी गराए पनि पहल नभएका मैनाकडेरीका रामप्रसाद यादवले गुनासो गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij