आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्याङलुङ नगरपालिकाको बजेट १० करोड

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • तेह्रथुम ।  नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले रु १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ ।

    नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव २०७४-०७५ का लागि रु १० करोड आठ लाख ७६ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गरे ।

    बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बजारको फोहरमैला व्यवस्थापन, पोखरीसहितको उद्यान निर्माण, म्याङलुङ बजार चक्रपथ, बजार क्षेत्रमा फ्रि वाइफाइ, बाल उद्यान, ज्येष्ठ नागरिक विश्रामस्थल, सन् २०१७भित्र बालमैत्री नगर घोषणाको तयारी, सत्यडाँडा भ्यु–टावर निर्माणलगायत योजना प्राथमिकतामा राखिएको कार्यकारी प्रमुख नेपालीले जानकारी दिए ।

    कुल बजेटमध्ये रु ६१ लाख ८० हजार चालु खर्च, करिब रु छ करोड ५७ लाख पँुजीगत खर्च, बाह्य स्रोत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु २९ करोड ६१ लाख र सामाजिक सुरक्षातर्फ रु दुई करोड ६० लाख विनियोजन गरिएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ मुनका न्यौपानेले नगरवासीका असीमित इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्न नगरको सीमित स्रोत, साधनले नभ्याउने भए पनि समावेशी तवरले नगरको विकासमा लाग्न शुभकामना दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij