प्रकाशित मिति : शनिबार, पुस १६, २०७३
काठमाडौं । मुस्ताङको कोबाङ्मा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आदिवासी थकाली समुदायको महान पर्वल्हफेव सुरु भएको छ ।
हरेक १२ वर्षमा मनाईने यस पर्वलाई मुस्ताङीले महाकुम्भ मेलाको रुपमा लिने गर्दछन् ।
ल्हफेव अर्थात् देउता उदानेर निस्कने यो पर्व मुस्ताङको संस्कृतिको अभिन्न पाटो मानिन्छ । बाह्र बर्षे मेलाको सन्र्दभ पारेर देश बाहिर रहेका थकालीहरु जन्मथलो फर्किएका छन् ।
मुस्ताङको कोवाङमा आयोजित बाह्र बर्षे मेलाको विशेष समारोहका बीच शुक्रबार बाणिज्यमन्त्री रोमी गौचन थकालीले उद्घाटन गरे ।
समारोहलाई सम्बोधन गर्दे उनले उहाले यस्ता पर्वले थकाली समुदायलाई एकताको सुत्रमा बाध्न सहयोग पुर्याउने बताए ।
उनले परम्परा र संस्कृतिबाट समाजलाई एकताबद्ध गर्दै अघि बढेको थकालि समुदायको पहिचान र परम्परामाथी विभिन्न पक्षबाट प्रहार हुने गरेको भन्दै यसलाई रोक्न थकाली समुदायनै एक हुनुपर्नेमा जोड दिए ।
कोबाङमा १७ दिन सम्म चल्ने यो पर्वको प्रत्येक दिनको आआफनै विशेषता छ । यो पर्वका बेला थकालीहरूका चारवटा देउतालाई बाहिर निकाल्ने र धोईपखाली गरेर रथयात्रा गर्ने चलन छ । हरेक बाह्र वर्षमा देवता बाहिर निस्कने र देवताको दर्शनले पाप र दुःखबाट मुक्ति पाइने विश्वास गरिन्छ । चारचनका पाँडेद्धारा बाचित चार देब र चार आदीपुर्खाको मर्मस्पर्शी यात्रागाथा श्रवन गराउनु यस पर्वको अर्को महत्वपूर्ण पाटो हो । हिमालपारिको जिल्ला मुस्ताङ अनुपम प्राकृतिक सुन्दरतासँगै संस्कृति र सभ्यताको उत्कृष्ट गन्तब्य मानिन्छ, । धार्मिक सांस्कृतिक विविधतासँगै चम्किला हिमालको काखमा अवस्थित मुस्ताङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तब्य पनि हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij