बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

छाउपडी प्रथाबिरुद्ध अभियान चलाउँदै महिलाहरु

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • कालिकोट  । कालिकोट जिल्लाको नानीकोटका महिलाहरु पछिल्लो समय छाउपडी प्रथा बिरुद्ध जागरुक हुन थालका छन् ।
    विगतको समयमा आफै महिनावारी हुँदा घर भन्दा टाढाको ओडारमा, गोठमा बस्ने यहाँका महिलाहरु केही समय यता महिनावारी हुँदा घरभित्रै बस्न र बसाल्न थालेका छन् । महिनावारी प्राकृतक रुपमा हुने भएपनि सामाजिक कुरीतिहरुका कारण यसलाई अछुत भन्ने चलन चलाएका कारण महिलाहरुले बिभिन्न खालका पीडाहरु खेप्नु परेको भन्दै अहिले यसैको बिरुद्ध अभियान थालिएको नानीकोट गाविस वडा नं. ७ निवासी महिला स्थास्थ्य स्वयमसेविका नन्दादेवी संज्यालले बताइन् ।

    उनले नानीकोट गाविसमा बिगत लामो समयदेखी जरा गाडेको छाउपडी प्रथा न्यूनिकरणका लागि नमरमिता महिला संजालका साथै प्रत्यक वडामा रहेका महिला स्वास्थ्य स्वयमसेविकाले अभियान संचालन गरिरहेको बताउदै जसका कारण नानीकोट गाविसको वडा नं. ७ बाहुनहरुको गाउँलाई छाउपडी प्रथा मुक्त वडा घोषणा गरिएको बताइन् ।
    नमरमिता महिला संज्याल नानीकोटका अध्यक्ष अन्जना संज्यालले स्थानिय महिलाहरुको सक्रियतामा गाँउमा सबै महिलाहरुले महिनावारी हुँदा घरभित्रै बस्ने, दुध दही महि खाने र मन्दीर परीसरमा पनि सहज रुपमा जाने, छाउपडी गोठहरु भत्काउने गरेका कारण त्यो गाउलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी छाउपडी मुक्त समुदाय घोषणा गरिएको बताइन् ।
    नमरमिता महिला संजालको आयोजना तथा गाविसको समन्वयमा गरिएको घोषणा कार्यक्रममा राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष कटकबहादुर शाहीले नानीकोटका महिलाहरुले थालेको छाउपडी मुक्त अभिान जिल्लाभरी चलाइनु पर्ने बताए ।
    नेपाली कांग्रेसका पार्टी सभापती प्रजापती संज्याल, नेकपा एमालेका अध्यक्ष चन्दाकृष्ण संज्याल, नेकपा माओवादी केन्द्रका अध्यक्ष नर्ज बोहोरा लगायतका स्थानिय राजनीतिकदलका नेताहरुले छाउपडी प्रथाको अन्त्यका लागि नानीकोट गाविसभरी नै यस बिरुद्ध सामाजिक जागरणको अभियान संचालन गरी गाविसलाई नै छाउपडी प्रथा मुक्त गाविस बनाईने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij