आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चार महिनादेखि रुकुमका दर्जन गाविस सञ्चारविहीन

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • रुकुम  । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उनलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ ।
    उनीमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा लिन अहिले रन्ममैकोट, हुकाम, कोल, काँक्री, महत, मोरावाङ लगायत गाविसका बासिन्दालाई रुकुमकोट आउनुपर्ने बाध्यता भएको छ । टेलिफोन सेवा नभएका कारण स्थानीयवासीलाई सानो काममा पनि हैरानी खेप्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।
    मोराबाङ लेकमा रहेको स्काई ९जिएसएम० फोनको टावर बिग्रिएको लामो समयदेखि निष्क्रिय भएपछि स्थानीयवासी सञ्चारविहीन भएका हुन् । नेपाल टेलिकमको जिएसएम टावरले काम नगर्ने भएकाले स्थानीयवासीलाई सास्ती भएको स्थानीय शिक्षक कर्णबहादुर केसीले बताए ।
    पटक पटक नेपाल टेलिकमको टावर राख्न र मोबाइल सेवा सञ्चालन गर्न माग गरिए पनि आफ्नो मागको बेवास्ता भएको स्थानीयवासीको गुनासो छ । “सबैका हातहातमा मोबाइल र घर घरमा फोन हुनुपर्ने बेलामा हामीलाई भने यस्तो सास्ती छ,” कोलका बासिन्दा वीरेन्द्र बुढाले भने “सरकारले साह्रै बेवास्ता गरेको छ ।”
    नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्ण शर्माले टावरमा समस्या आएको बारे आफूहरुले माथि खबर गरेको तर प्राविधिक आउन ढिला भएकाले समस्या समाधान हुन नसकेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij