आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदूषण मापनयन्त्र छ तर प्रयोग छैन : उपत्यकामा धेरै प्रदूषण गाडीबाट

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • काठमाडौं ।  टेकुस्थित सवारी परीक्षण कार्यालयमा रहेका प्रदूषण मापनयन्त्र चार वर्षदेखि प्रयोगमा नआई त्यत्तिकै थन्किएर बसेका छन् । लामो समयसम्म सञ्चालनमा आउन नसक्दा सवारी जाँच्ने उपकरणमा खिया लागेको छ । उपकरण सञ्चालनमा नआउँदा राजधानीका सडकमा विनाजाँच सवारीसाधन निर्वाध रूपमा गुडेका छन् ।

    ६ करोडको लगानी बालुवामा
    सवारी परीक्षण कार्यालयका मेकानिकल इन्जिनियर मणिराज कायस्थले करोडौँको लागतका उपकरण त्यत्तिकै थन्किएको जानकारी दिए । उनले चार वर्षअघि ६ करोडको बजेटमा स्थापना भएको कार्यालय अझै सञ्चालनमा नआएको बताए । सरकारले आर्थिक वर्ष ०६६-६७ मा सवारी जाँच्ने उपकरण कार्यालय स्थापना गर्न बजेट विनियोजन गरेको थियो । बजेटमा मेसिन खरिदका लागि दुई करोड र कार्यालय स्थापना गर्न चार करोड गरी ६ करोड रुपैयाँ खर्च गरेर कार्यालय स्थापना गरेको हो ।

    किन सञ्चालन भएन ?
    सवारी जाँच गर्ने उपकरणसहितको कार्यालय हस्तान्तरण गर्दा ठेकेदार कम्पनीले प्राविधिकलाई तालिम नदिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । सम्झौतामा ठेकेदार कम्पनीले प्राविधिकलाई तालिम दिने उल्लेख भए पनि उसले पालना नगरेकाले समस्या बल्झिएको उनले बताए । ‘सबै उपकरण अत्याधुनिक भएकाले प्राविधिकलार्इं तालिम नदिई सञ्चालन गर्न सक्ने अवस्था छैन,’ श्रेष्ठले भने ।

    मेसिन राख्नुको उद्देश्य
    सरकारले राजधानीका सडकमा गुड्ने सवारीसाधन जाँच्न अत्याधुनिक उपकरणसहितको कार्यालय स्थापना गरेको हो । सवारी जाँच गर्दा प्रदूषण नियन्त्रण हुनुका साथै दुर्घटनामा समेत न्यूनीकरण गर्न सकिने सरकारको अपेक्षा रहेको कायस्थले बताए ।

    उपत्यका सबैभन्दा धेरै प्रदूषण गाडीबाट
    उपत्यकामा सबैभन्दा बढी (३८ प्रतिशत) प्रदूषण गाडीले फाल्ने धुवाँबाट हुने गरेको वातावरण विभागका प्रवक्ता मोहनदेव जोशीको भनाइ छ । पुराना गाडीले धेरै धुवाँ फाल्ने गरेका छन् । सरकारले सवारीसाधनको चेकजाँचमा कडाइ नगर्दा प्रदूषण बढ्दै गएको छ । कृषि क्षेत्रबाट हुने प्रदूषण १८ प्रतिशत र उद्योग कलकारखानाबाट ११ प्रतिशत र ३३ प्रतिशत अन्यत्रबाट हुने गरेका छन् ।

    यस्तो छ राजधानीमा दुर्घटनाको अवस्था
    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा उपत्यकामा पाँच हजार ६ सय ६८ वटा दुर्घटना भएका थिए । हरेक दिन राजधानीमा करिब १५ वटा दुर्घटना हुने गरेको छ । गत गत वर्ष भएका दुर्घटनामा एक सय ६६ जनाको मृत्यु भएको थियो । दुई सय ७५ जना गम्भीर घाइते भएका थिए । यस्तै, आव ०७१-७२ मा चार हजार नौ सय दुर्घटना भएका थिए । जसमा एक सय ३३ जनाको मृत्यु भएको थियो भने दुई सय ३३ जना गम्भीर घाइते भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij