आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मधेसी मोर्चालाई फकाउँदै कांग्रेस

  • प्रकाशित मिति : शनिबार, पुस १६, २०७३



  • काठमाडौं । सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् ।
    संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने निष्कर्षमा पुगेको छ ।
    ‘सहज होस् भनेर लामो समय एमालेलाई कुरेका हौँ । एमाले निर्वाचन चाहन्छ भने अब उसले सहयोग गर्नुपर्छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘सहज रूपमा टेबल गर्न दिए राम्रो हो । होइन फेरि अवरोध गरिरहे पनि संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक आगामी सोमबारको संसद्मा टेबल हुन्छ ।
    चैतमा स्थानीय चुनाव गराउनुपर्नेछ । अब एमाले मानेन भनेर हामी पर्खनेवाला छैनौँ ।’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधनसम्बन्धी प्रस्ताव अगाडि बढाउन कांग्रेसले सकारात्मक पहल गर्ने भनेपछि आफूहरू आशावादी भएको बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
    ‘कांग्रेसले आफ्नै सहमतिमा अघि बढाएको प्रस्ताव अघि नबढी मुलुक अगाडि बढ्दैन भनेको छ । त्यसैले अब जुन दिन हाउस अघि बढ्छ हामी टेबल गर्छौँ भन्ने विश्वास दिलाउनुभएको छ,’ बैठकपछि यादवले भने, ‘हामीले अघि बढाएको प्रस्तावलाई पास गर्ने नैतिक राजनीतिक जिम्मेवारी हाम्रो हो । जसरी पनि पास गराउँछौँ, शंका नगर्नुस् भन्नुभएको छ ।’

    कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न मधेसी दलहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । उनको आग्रहपछि मोर्चाका नेताहरूले संसद्मा टेबल भएर संशोधन पास हुने अवस्थामा आफूहरू निर्वाचनको विरोधी नभएको बताएका थिए ।

    संशोधन प्रस्ताव परिमार्जनको आशामा मोर्चा
    संविधान संशोधन प्रस्ताव पारित गएपछि निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने मधेसी मोर्चाले जनाएको छ । संसद्मा टेबल भएपछि परिमार्जन गरेर जान सकिनेमा मधेसी मोर्चा छ ।

    पुरानै स्थानीय निकायको पक्षमा मोर्चा
    मधेसी मोर्चाले नयाँ स्थानीय तहको चुनाव गर्दा संख्या घट्ने भन्दै पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जवाफमा देउवाले आफू पुरानो वा नयाँ जुनको निर्वाचन भए पनि आफूले निर्वाचन चाहेको बताएका थिए ।

    देउवाले मोर्चाका नेतालाई भने–विश्वास गर्नुस्, आशंका नगर्नुस्
    मधेसी मोर्चाका नेताहरूसँग डेढ घन्टा चलेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूलाई विश्वास गर्न बारम्बार आग्रह गरेका थिए । ‘तराई मधेसको समस्या तपाईंहरूको मात्र होइन, हाम्रो पनि हो । तपाईंहरूलाई लाग्ला संशोधन प्रस्ताव दर्ता मात्र गराए अगाडि बढाएनन् भन्ने । तर, अब टेबल गर्छौँ । निर्वाचन विधेयक टेबल पनि गर्छौँ । निर्वाचनको मिति पनि तय गर्छौँ, अब तपाईंहरूले निर्वाचन घोषणामा सहयोग गर्नुपर्छ,’ बैठकमा देउवाले भनेका थिए, ‘विश्वास गर्नुस् आशंका नगर्नुस् । हामीले त्यत्तिकै संशोधन दर्ता गराएका होइनौँ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij