आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेस सिरहाको सभापतिमा देउवा पक्षले बाजी मार्यो

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • लहान । नेपाली काँग्रेस सिरहाको सभापतिमा सिरहा क्षेत्र नं ४ का सांसद रामचन्द्र यादव विजयी भएका छन्।

    गएराति सम्पन्न मतगणनाअनुसार सांसद यादवले आफ्ना प्रतिद्वन्द्वी नरेशकुमार यादवलाई २०८ मत अन्तरले पराजित गर्दै विजय प्राप्त गरेका हुन् ।

    सांसद यादवले ५६९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी नरेशकुमार यादवले ३६१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले जानकारी दिए ।

    सभापतिमा विजयी हुनुभएका सांसद यादव पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भन्ने उनका प्रतिद्वन्द्वी नरेशकुमार यादव पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् ।

    गत शुक्रबार भएको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सभापति पदका लागि पुनः शनिवार निर्वाचन भएको थियो ।

    यस्तै सांसद यादव प्यानलकै उपेन्द्रकुमार यादवले ५५८ मत प्राप्त गरी पार्टीको सचिव पदमा विजयी भएका छन् ।

    पार्टी कोषाध्यक्षमा पनि सांसद यादव प्यानलकै सूर्यनारायण मण्डलले ४८९ मत ल्याएर विजयी भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij