आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीति रुपान्तरणको मियो सहकारी – मन्त्री महरा

  • प्रकाशित मिति : सोमवार, पुस १८, २०७३



  • काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताएका छन् ।

    राष्ट्रिय सहकारी सङ्घले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपालको संविधान, २०७३ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको छ भने ।

    उपप्रधानमन्त्री महराले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणको मियो बनेका सहकारी संस्थाले ‘सुतखारी’ र ‘ढिकुटी’ जस्ता सामन्ती प्रथाको जरो उखेल्नुका साथै विश्वमा कीर्तिमान समेत राखेका छन् भने ।

    दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा उनले ठूलो पुँजीले भन्दा स–सानो पुँजीको एकीकरणबाट दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने धारण राखे ।

    ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने अभियानका साथ सुरु भएको उक्त कार्यशालालाई सम्बोधन गर्दै रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा शुद्धीकरणको अभियन्ता सहकारीकर्मीहरु भएको धारण व्यक्त गरे ।

    उनले सहकारी अगुवासँग व्यवस्थापकीय क्षमता, लगनशीलता र अर्थको राम्रो समायोजन गर्न सक्ने सीप र दक्षता भएकाले उनीहरुलाई स्थानीय निकायको जिम्मेवारी दिनु आजको आवश्यकता रहेको बताए ।

    रक्षामन्त्री खाँणले शान्ति, समृद्धि र गाउँको विकासका लागि सहकारी संस्थाको अग्रणी भूमिका रहेको बताउँदै मुलुकको अर्थतन्त्र चलायमान बनाउन, महिलाको सशक्तीकरण गर्न र नेतृत्व क्षमता विकास गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेको छ भने । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले सहकारी मुलुकको विकासका लागि आधारशीला भएको धारण राखे ।

    सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमा सुशासन कायम गरी संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालका सहकारीको भूमिका कस्तो रहनुपर्छ भन्ने बोध गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।

    गोष्ठीमा मुलुकभरिका विभिन्न क्षेत्रका विषयगत सहकारी संस्थाका ३०० व्यक्तिको सहभागिता छ ।

    उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा युवराज खतिवडा, सहकारी ज्ञाताहरु सुरेश प्रधान, डा राजु अधिकारी, रमेश बडाल, सभासद् ओमदेवी मल्ल दीपक बास्कोटालगायतले सहकारीसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij