आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तर्वस्तुमा सहमति नभए विधिमा सहमति गर्ने– पोखरेल

  • प्रकाशित मिति : मङ्लबार, पुस १९, २०७३



  • काठमाडौ । सभामुख ओन्सारी धर्तिमगरको अगुवाईमा आज बसेको राज्य व्यवस्था समितिसहितका सर्वदलीय बैठकले पुस २२ गतेपछि संसद खोल्ने सहमति गरेको छ ।

    बैठकमा सहभागि माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेलका अनुसार सर्वोच्च अदालतले दिएको आदेशमा तीनखालको अर्थ लाग्ने आएको बताए ।

    दलहरुको त्यसको बारेमा आआफ्नै तरिकाले विश्लेषण गरेको बताउँदै उनले पुस २२ पछि सहमति हुने विश्वास व्यक्त गरे । उनले भने, पुस २५ गते बस्ने बैठकअघि निर्वाचन सम्बन्धि विधेयकको टुगों लगाउने सहमति भएको छ ।’

    सर्वोच्च अदालतको आदेशपछि एमाले सकारात्मक भएको उल्लेख गर्दै उनले शुरुमा दलहरुको बीचमा अन्तरवस्तुमा सहमति गर्ने नभए विधि र प्रकृयामा सहमति गरेर जाने सहमति भएको बताए ।

    आजको बैठकमा संसदका सचेतक, प्रमुख सचेतक, दलका नेता तथा अन्य शीर्षस्थ नेताहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij