आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल – इजिप्ट चेम्बर अफ कमर्स एन्ड र इन्डस्ट्रिज गठन

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • काठमाडौँ ।  नेपाल र अफ्रिकन मुलुक इजिप्टवीचको व्यापार आदानप्रदान गर्ने र दुई देशको आर्थिक विकासमा महत्वपुर्व योगदान पु¥याउने उदेश्यकासाथ नेपाल इजिष्ट चेम्वर अर्फ कमर्स एण्ड इन्डस्ट्रिज गठन गरिएको छ ।

    इजिप्टसँग द्विराष्ट्रिय उद्योग वाणिज्य संघ गठन हुनु आफैमा गर्वको विषय वनेको नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इन्डट्रिजका अध्यक्ष अखिलकुमार चापागाईले वताए ।


    चेम्वरको सुभारम्भ समारोहका प्रमुख अतिथी उद्योग मन्त्री नविन्द्रराज जोशीले पछिल्लो पटक अन्तराष्ट्रिय मुलुकहरुसंग भइराखेको दुईदेशीय चेम्बर गठन प्रकृयाले वैदेशीक लागानी भित्र्याउने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
    नेपालको इजिप्टसंगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ ।

    सन २०१६ को पहिलो ६ महिना १,१६,००० को निकासी गरेको छ भने आयात भने एक अर्व २८ करोड असि लाख २७ हजार रहेको छ । इजिप्टसंगको समग्र व्यापार घाटा भने ९९ करोड ९६ लाख रहेको छ ।

    नव गठित कार्यसमितिमा अध्यक्ष अखिलकुमार चाँपागाई उपाध्यक्षहरुमा अनोज रिमाल, चाङ् अग्रवाल ,महासचिबमा उमेश रायमाझि, कोषाध्यक्ष जयन्द्र चुडाल सचिवमा जोत्सना श्रेष्ठ, शोभा ज्ञवाली रहेका छन् भने सदस्यहरुमा क्रमश स् अनुजमणि तिमल्सिना, विनय उपाध्याय ,खगेन्द्र सिटौला, जीवन भण्डारी, मिनमान श्रेष्ठ र पवन अग्रवाल रहनु भएको नेपाल इजिप्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij