प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३
काठमाडौं । भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ ।
नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको खबर आजको नागरिकमा छ ।
भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रिय बंैकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij