विपक्षीको नयाँ रणनीतिः संशोधन बाहेकको कार्यसूचि ल्याए संसद् अवरुद्ध नगर्ने
प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आजको व्यवस्थापिका संसद बैठकमा संविधान संशोधनलाई छाडेर अरु विषयहरुलाई छलफलमा ल्याइए सदन अवरुद्ध नपार्ने निर्णय गरेको छ । संसद बैठक बस्नुअघि बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
एमालेले संशोधन प्रस्तावबाहेक अरु विषयमालाई अघि बढाए सदन अवरुद्ध नपार्ने बताएपनि सरकार भने कुनै पनि हालतमा सशोधन प्रस्ताव अघि बढाउने पक्षमा छ ।
संसद सचिवालयले आज एक बजेपछि बस्ने बैठकको सम्भावित कार्यसूचि समेत सार्वजनिक गरेको छ ।
यस्तो छ आजको बैठकको सम्भावित कार्यसूचि
–बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक, २०७३ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै स्थानीय तह निर्वाचन विधेयक,२०७३ प्रस्तुत गर्नेछन् ।
यस्तै निर्वाचन संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमाति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर डिल्लीप्रसाद काफ्लेले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । यस्तै सांसद चित्रबहादुर केसी मिनापुनले प्रस्तुत गरेको विरोधको सुचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिने विषय पनि सम्भावित कार्यसूचिमा छ । त्यसपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यक्रममा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार