आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज पृथ्वी जयन्ती, सरकारले चासो नदेखाए पनि नागरिकस्तरमा कार्यक्रम गरिदैं

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • काठमाडौं । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।

    विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

    २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ को आन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो ।

    माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । यद्यपि, त्यसपछिका बर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ ।

    पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन जनस्तरबाट माग भए पनि सरकारले उक्त आवाजको कदर गरेको छैन । यस वर्ष पनि जनस्तरका साथै सरकारमै रहेका कांग्रेस–राप्रपालगायत दलका केही मन्त्री एवं मूख्य राजनीतिक दलका नेताले पृथ्वीनारायण शाहलाई सम्मान दिने कार्यक्रम गर्न आग्रह गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णय नलिँदा सरकारीस्तरबाट कुनै कार्यक्रम आयोजना गरिएको छैन । सरकारले सार्वजनिक बिदाको निर्णय पनि गरेको छैन । यद्यपि, जनस्तरबाट भने काठमाडौंमा बिहान ११ बजे सिंहदरबार अगाडी रहेको पृथ्वीनारायणको शालिकमा कार्यक्रम गरिँदैछ ।

    देशका अरु भागमा पनि यस वर्ष पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । पछिल्ला वर्षमा मुलुकमा विदेशी चलखेल र चासो बढेको तथा राज्य सञ्चालनमा रहेका नेता र प्रशासकहरु अमूक स्वार्थमा अल्झँदा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै आमस्तरमा चिन्ता बढेकाले पनि पृथ्वी जयन्तीको सान्दर्भिकताको खोजी भइरहेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij