आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कमल थापाको कार्यक्रममा पुगेर प्रधानमन्त्रीले भने– पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती मनाएकोमा धन्यवाद दिएका छन् ।
    प्रधानमन्त्री दाहालले पृथ्वी जयन्ती मनाएर एउटा राजनीतिक मूल्य स्थापित गरिएको भन्दै खुशी समेत व्यक्त गरेका छन् ।

    २ सय ९५ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बलियो केन्द्रिय राज्य निर्माणमा पृथ्वीनारायण शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
    प्रधानमन्त्री प्रचण्डले भने–
    –दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तिमा सार्वजनिक विदा दिन सकेन ।
    –आगामी दिनमा सबै जाती, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिन्छ ।
    –बुधबार बसेको मन्त्रिपरिषद बैठकले सरकारले दिँदै आएको बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
    –मुलुकलाई योगदान गरेका राष्ट्रिय धरोहरको सम्मान तथा सबै जाती, वर्ग र समुदायलाई समेटेर सार्वजनिक विदा दिने मापदण्डसहितको प्रतिवेदन आएपछि समस्या हुदैन ।

    राष्ट्रिय प्रजातन्त्र पार्र्टीले राष्ट्रलाई एकतावद्ध बनाएर लैजान पनि सरकारले पृथ्वी जयन्तिलाई राष्ट्रिय पर्वको रुपमा लिएर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएको छ ।

    कार्यक्रममा राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
    पृथ्वी नारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्छ तर मुलुकमा गणतन्त्र आईसकेकाले राजतन्त्रको धेरै वकालत गरिरहन नपर्ने विश्लेषकहरुको मत पनि आउने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij