प्रकाशित मिति : बिहिबार, पुस २८, २०७३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरण जस्तै आलोचित भएको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्र र कांग्रेसको अपिवत्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रियानै गलत ढंगले भएकाले त्यसको परिणाम अहिले देशबासीले नै समस्या भोग्नुपरेको बताए । उनले सरकारको योग्यतानै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।
बुधबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ओलीले यो सरकारले राष्ट्र हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङिग्ए ,त्यसरीनै यो सरकार जनताबीच आफैं नाङिगदै गएको उनको जिकीर थियो ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गदै उनले भने,‘ सरकारको अहिलेसम्मको चालावाला निर्वाचन गराउन सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्धत छ ।’
निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने, द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भईरहेको आरोप लगाए ।
उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दाबी गरे । संशोधन विधेयक देश र जनताका हित विरुद्ध तथा केही मधेशी नेताको हितमा ल्याईएको उनको विचार थियो । ओलीले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने सल्लाह दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले दिएका व्यक्तव्य राजकीय हैसियत नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र आएको अभिव्यक्ति भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ ज्ञानेन्द्रको सार्वजनिक व्यक्तत्वप्रति उनको भनाई थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij