प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्षपछि पहिलोपटक सरकार प्रमुखको हैसियतमा प्रधानमत्री पुष्पकमल दाहालले गर्न लागेको तीनदिने भ्रमणलाई परराष्ट्र मन्त्रालयले दुर्लभ अवसरका रुपमा विश्लेषण गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
यूएईको राजधानी आबुधाबीमा हुने विश्व उर्जा सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेको छ ।
यूएईका यूवराज शेख मोहम्मद विन जायद अल नाहेयमको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री दाहालले सोमबार विश्व उर्जा सम्मेलनमा सम्बोधन गर्ने कार्याक्रम छ ।
दाहालले आइतबार यूएईका समकक्षीसँग वार्ता गर्ने कार्यक्रम छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij