आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जनयुद्धको उपलब्धि उल्टाउन ठूलै शक्ति लागेको भरपर्दो सूचना छः प्रचण्ड

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त उपलब्धीहरु उल्टाउन ठूलै शक्ति क्रियाशील भइरहेको बताएका छन् । त्यसका भरपर्दा सूचनाहरु आफूसँग रहेको पनि उनले दाबी गरे ।

    पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले उपलब्धी रक्षाका लागि माओवादी पहिलो पार्टी बन्नैपर्ने बताए ।

    गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगायतका एजेण्डाहरु माओवादी जनयुद्ध र त्यसको बलमा भएको दोस्रो जनआन्दोलनको उपलब्धी हो भन्दै उनले त्यसलाई उल्ट्याउने कोशिस भइरहेको बताए । त्यसको चिन्ता सबभन्दा बढी माओवादीलाई भएको भन्दै उनले उपलब्धी रक्षा गर्नुपर्ने चुनौतिपूर्ण घडीमा आफूहरु रहेको बताए ।

    ‘जे जति उपलब्धीहरु छन् । ति सबै माओवादीका कारण सम्भव भएका हुन्,’ प्रचण्डले भने, ‘ठूला भनिएका दलहरुले यो ल्याएको पनि होइन, उनीहरुलाई त्यसको चिन्ता पनि छैन ।’

    विगतमा हतियार नउठाएको पार्टी ठूलो नबनेको भन्दै प्रचण्डले कांग्रेसले हतियार उठाउँदा र एमालेले हतियार उठाउँदा पनि मान्छेहरु मरेको चर्चा गरे । माओवादीले हतियार उठाउँदा झन् धेरै व्यक्तिको रगत बगेको भन्दै उनले विगतको बलिदानी सम्झिँदै अहिलेका उपलब्धीको रक्षा गर्नु पर्ने बताए ।

    आगामी चुनाबमा पहिलो पार्टी बन्ने लक्ष्यसहित क्रियाशील हुन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । स्थानीय तहको चुनाब चैतमा नहुने लगभग पक्का भइसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी बैशाख वा जेठ पहिलो साता चुनाब गराउनैपर्ने तयारीका साथ सरकार क्रियाशील रहेको धारणा राखे ।

    स्ववियु चुनाव जनमत नाप्ने व्यारोमिटर हो भन्दै उनले कुनै द्विविधा नराखिकन स्ववियु चुनावमा होमिन निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘स्ववियु चुनावमा होमिनुस् र पहिलो बन्ने कोशिस गर्नुस् ।’

    उनले सबै माओवादी पार्टीहरुबीच एकता हुने भन्दै एकता प्रक्रियामा नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि एकता नजिक रहेको दाबी गरे ।

    हामी हाम्रै कमजोरीले खुम्चिऔं । गल्ती कमजोरी कहाँ भन्ने भन्ने पनि थाहा छ, त्यसलाई सच्याइन्छ,’ प्रचण्डले भने, ‘फेस सेभिङ गरेर विप्लव जीसँग पनि एकता हुन्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij