प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३
काठमाडौ । सरकार र मधेसी मोर्चाबाीच संविधान संसोधन र निर्वाचनको मिति घोषणाबारे छलफल अहिलेपनि जारी छ ।
केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र संविधान संसोधनमा मोर्चालाई सहमतिमा ल्याउने बारेमा सरकार समर्थित दलका नेताहरुले मोर्चासँग छलफल गरीरहेका छन् ।
तीन तहका निर्वाचनमध्ये कुन पहिले गर्ने भन्ने बहस शुरु भएलगत्तै सरकारले निर्वाचनबारे मनाउन मोर्चासँग छलफल थालेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गउहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेताहरु तथा मोर्चा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij