आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तस्करीको दिल्ली–काठमाडौं कनेक्सन : सुन भित्रिएकै दिन दिल्लीबाट अवैध मुद्रा दुबई पठाइँदै

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं । दुबईबाट पुस २१ मा आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बरामद गर्‍यो । त्यो सुन कसको थियो र कहाँ लैजान आटिएको थियो भन्ने विषय अझै नसुल्झिएपछि धेरैका निम्ती यो घटना नयाँ रहेन । तर त्यही दिन भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको एक करोड भारतीय रुपैयाँ बराबरको साउदी मुद्रा रियाल र युएई मुद्रा दिराम बरामद भएको खबर आजको कान्तिपुरमा छ।

    उच्च सुरक्षा रहेको विमानस्थलको टर्मिनल ३ को शौचालयमा नगद रहेको ब्याग साट्न लागेका बेला अवैध विदेशी मुद्रासहित दुई यात्रु पक्राउ परेका थिए । भारतीय संचारमाध्यमले नेपालमा बरामद भएको अवैध सुनको आयत र भारतबाट जान लागेको अवैध मुद्राको गन्तव्य एकै ठाउँ रहेको भन्दै यसको ‘कनेक्सन’ खोज्ने प्रयास थालेका छन् । यी दुई घटनाको अन्र्तयले सुन तस्करीको अन्तर्राष्ट्रिय आयम बुझ्न भने पक्कै सघाउँछ ।

    केन्द्रिय अनुसन्धान ब्युरोको अनुसन्धान अधिकारीहरु पनि यसबारे जानकार त देखिन्छन् । तर भारतीय संचार माध्यमले जोडेजस्तै यी दुई घटनाको ‘कनेक्सन’ छ कि छैन भनेर अनुसन्धान भने नथालेको उनीहरू बताउँछन् ।  इन्डिया टिभीले अवैध सुन दुबईबाट काठमाडौं आउनु र भारतबाट अवैध तरिकाले विदेशी मुद्रा दुबई पठाइनु बीच सम्बन्ध रहेको समाचार सामाग्री प्रशारण गरेको छ । नेपाल भित्रीएको अवैध सुन खुला सीमा नाकाको फाइदा उठाउँदै भारत नै पठाउन खोजीएको उक्त समाचारको दाबी छ ।

    त्यसो त दुबई हँुदै नेपाल भित्रीने ठुलो परिणामको अवैध सुन नेपाली बजारमा मात्रै खपत नहुने र त्यो भारतीय बजारसम्म सजिलै पुग्ने जानकारहरुको भनाई छ । ब्युरोका अनुसन्धान अधिकारीहरु पनि यसलाई स्विकार्छन् । नाम उल्लेख नर्गने सर्तमा एक अधिकारीले भने, ‘पाँच सय र हजारका भारतीय नोटहरु प्रतिबन्धित भएपछि अवैध आर्जनको रकम सुनमा लगानी गरेर सुरक्षित गर्ने प्रवृत्ति भारतमा बढेको छ । त्यसको असर नेपालमा ठुलो परिणाममा अवैध सुन भित्रीने तथ्यले पनि पुष्टी गर्छ ।’

    इन्दिरा गान्धी विमानस्थलको डाईरेक्टर अफ रेभिन्यु इन्टेलिजेन्सले सुराकीको आधारमा त्यतिका धेरै अवैध विदेशी मुद्रा बरामद गरेको थियो । रकम लिएर दुबई जानका निम्ती एकले जेट एअरवेजको टिकट काटेका थिए भने रकम विमानस्थल पुर्‍याउन आउने यात्रु भने रकम जिम्मा लगाएर एयर इण्डिया मार्फत भुवनेश्वर जाँदै थिए ।

    टाइम्स अफ इण्डियाको अनलनाइन संस्करणमा डाईरेक्टर अफ रेभिन्यु ईन्टेलिजेन्सका अतिरिक्त कार्यकारी निर्देशक एमके सिंहले दुबईबाट सुन किन्नकै लागी कुनै व्यापारीले त्यतिका रकम अवैध रुपमा पठाउन लागेको दाबी गरेका छन् । उनले भनेका छन, ‘सुन तस्करीमा र्‍याकेट नै सक्रिय छ । कुनै पनि अनुसन्धानमा हामीले यसको कनेक्सन त पत्ता लगाउन सकेका छैनौं, तर के निश्चित छ भने, अवैध विदेशी मुद्रा विदेश पठाउनुको अर्थ सुनको तस्करी नै हो ।’

    मुम्बई र दिल्लीभन्दा कमजोर सुरक्षा व्यवस्था रहेको हैदरावादको विमानस्थलबाट तस्करहरुले बारम्बार अवैध विदेशी मुद्रा दुबई पठाएको देखिन्छ । पछिल्लो घटनामा भने उनीहरुले इन्धिरा गान्धी विमानस्थललबाटै पठाउने आँट गरेका हुन् ।

    केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी नवराज सिलवाल भारतीय विमानस्थलबाट रकम पठाउन लागेको बारे आफूले धेरथोर थाहा पाएको बताउँछन् । ‘अनुसन्धानको निष्कर्ष नआईन्जेल दुबई पठाउन लागिएको उक्त अवैध विदेशी मुद्रा र नेपाल भित्रीएको सुनको कनेक्सनबारे बोल्नु हतार हुन्छ,’ उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij