प्रकाशित मिति : सोमवार, माघ ३, २०७३
विश्व आर्थिक मञ्चको सुरुवात पहिले ‘अक्सफेम’ ले सोमबार संसारको आधा जनसंख्या सँग जति सम्पत्ति छ त्यो सम्पत्ति विश्वका आठ व्यक्तिसँग भएको बताउँदै यसले समाज विभाजनमा खतरा पैदा गर्ने बताएको छ ।
आठ उद्योगपतीमध्ये अमेरिकाका ६ जना, स्पेन र मेक्सिकोबाट एक उद्योगपती समावेश छन् । अक्सफेमका अनुसार यी उद्योगपतीसँग जति सम्पत्ति छ त्यो संसारको आधा जनसंख्या (करिब ३.६ अर्ब ) सँग भएको सम्पत्ति बराबर छ ।
उद्योगपतीको चयन फोर्ब्सका अर्बपतीको सूचीबाट गरिएको हो जसमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेसबुकमा सह–संस्थापक मार्क जुकरबर्ग र अमेजनका संस्थापक जेफ बेजोज समावेश छन् ।
यी ८ उद्योगपती समावेशः
बिल गेट्सः माइक्रोसफ्टका संस्थापक
मार्क जुकरबर्गः फेसबुकका सह–संस्थापक
जेफ बेजोसः ई–कमर्स कम्पनी अमेजनका संस्थापक
वारेन बफेः इन्वेस्टर
अमेन्सियो ओर्टेगाः इन्डिटेक्सका संस्थापक
कार्लोस स्लिमः मेक्सिकोका उद्योगपती
ल्यारी एलिसनः ओरेकलका संस्थापक
माइकल ब्लूमबर्गः न्यूयोर्कका पूर्व–मेयर
अक्सफेमले विश्वमा धनी र गरिबका बिच विशाल अन्तर र मुख्यधाराको राजनीतिमा उत्पन्न भइरहेको असन्तोषलाई रेखाङ्कित गरेको छ । अक्सफेम च्यारिटेबल संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन हो जुन वैश्विक स्तरमा गरिबीलाई कम गर्न तत्पर रहन्छ ।
अक्सफ्याम भन्छ, ‘बेलायतका यूरोपियन युनियनबाट अलग हुनेदेखि लिएर डोनल्ड ट्रम्पको अमेरिकी राष्ट्रपती चुनावमा जीतसम्म जातीवादको विषयमा चिन्ता बढिरहेको छ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij