आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रशासनको पनि पुनःसंरचना आवश्यक – मन्त्री बुढाथोकी

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • भद्रपुर । समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले मुलुकको राजनीतिक परिवर्तनसँगै प्रशासनको पनि पुनःसंरचना आवश्यक रहेको बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सोमबार झापाको जिविस हलमा आयोजित संविधान कार्यान्वयन तथा प्रशासन पुनःसंरचनाका सम्बन्धमा सरोकारवालासँग गरिएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

    उनले सिंहदरबारको अधिकारलाई स्थानीय तहसम्म पु¥याउन सकेमा मात्र स्थानीय तहबाट जनता अपेक्षित लाभान्वित हुने भन्दै निजामती कर्मचारीले पनि आफ्ना दृष्टिकोणलाई फराकिलो पार्न आग्रह गरे ।

    कर्मचारीको व्यवहारबाट नै मुलुकको आर्थिक सामाजिक र राजनीतिक क्षेत्रको विकास हुने मन्त्री बुढाथोकीको भनाइ छ ।

    सरकारले कर्मचारीको लागि स्वास्थ्य बिमा र निवृत्तकोष स्थापना गर्न आवश्यक छलफल गरिरहेको मन्त्री बुढाथोकीले बताए ।

    कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव दिनेशकुमार थपलियाले संविधानको सफल कार्यान्वयनमा राजनीतिक संरचना, प्रशासनिक पुनःसंरचना र वित्तीय व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिए ।

    प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डिल्लीराम शर्माले संविधानको कार्यान्वयन र प्रशासनको पुनःसंरचनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij