आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

न्यायाधीश नियूक्तिप्रति नयाँ शक्तिको आपत्ति

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं ।  न्याय परिषदले गत पुस २८ गते मध्य राति उच्च अदालतका न्यायाधीशहरु नियुक्त गर्ने सिफारिसको प्रति नयाँ शक्ति पार्टी नेपालको कानून, न्याय तथा मानव अधिकार विभागले आपत्ति जनाएको छ ।

    विभागले आज विज्ञप्ति जारी गर्दै नियुक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै नयायापरिषदको निर्णयले न्यायपालिका जनताको अभिभावकको रुपमा विश्वमै प्रचलित मान्यता तथा स्वतन्त्र, निर्भिक र गरिमामय संस्थाको रुपमा स्थापित हुनुपर्ने मान्यतालाई उपेक्षा गरेको जनाएको छ ।

    उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘कानूनले निर्दिष्ट गरेको ५ जना सदस्य मध्ये २ जना सदस्यहरुको अनुपस्थितिमा गरेको निर्णयले न्याय परिषद न्यायाधीश नियुक्तिको श्रृङखलामा झन थप विवादित हुन पुगेको छ ।’

    कानून मन्त्रीको अभिव्यक्ति, २ सदस्यहरुको अनुपस्थिति र स्वयम् बारको प्रतिनिधित्व गर्ने सदस्यको सार्वजनिक अभिब्यक्तिहरुले न्यायाधीश नियुक्ति प्रक्रिया मापदण्डविहिन राजनैतिक हस्तक्षेप, अपारदर्शी र भागवण्डाको संस्कृतिले गाजिँएको प्रष्ट देखिएको नयाँ शक्तिको ठहर छ ।

    नयाँ शक्तिले ८० जना उच्च अदालतमा न्यायाधीश नियुक्ति हुदाँ नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी ओगटेका महिलातर्फ ६ जना न्यायाधीश मात्र नियुक्ति गर्नुले संविधानको धारा १४० र न्यायपरिषद ऐन २०७३ को दाफा ५(१) को समानुपातिक र समाबेशिको संवैधानिक एवम् कानुनी प्रावधान उल्लङघन भएको जनाएको छ ।

    नयाँ शक्तिले गम्भिर र त्रुटिपुर्ण परिषदको निर्णय सच्चयउँन माग समेत गरेको छ । न्यायपरिषद बाटै घटित पार्टीका बिभाग प्रमुख मुक्ति प्रधानले जारी गरेको विज्ञप्तिमा यस घटनाले सिङगो न्यायिक जगत, विधिको शासन एवम् आम न्यायको पक्षधर जनतालाई दुखित तुल्याएको उल्लेख पनि गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij