आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कभर्डहल निर्माणमा थापा मगरको १० लाख सहयोग ,आइटिएफ तेक्वान्दोद्धारा प्रकास थापा मगर सम्मानित

  • प्रकाशित मिति : बिहिबार, माघ ६, २०७३



  • काठमाडौं । नेपाल अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघले आफ्नो पुर्व केन्द्रिय सदस्य प्रकास थापा मगरलाई सम्मान गरेको छ ।

    आइटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका थापालाई नेपालमा तेक्वान्दो खेल विकासका लागि महत्वपुर्ण योगदान पु¥याएको भन्दै महासंघले सम्मान गरेको हो ।

    राष्ट्रलाई खेलकुदको माध्यमबाट अन्र्तराष्ट्रिय क्षेत्रमा समेत चिनाउन उल्लेखनिय भुमिका निर्वाह गरेकाले उनको योगदानलाई कदर गर्दै सम्मान गरेको महासंघले जनाएको छ ।

    बबरमलमा बुधबार आयोजित एक कार्यक्रममा पाँचौँ डान प्राप्त थापा मगरलाई सम्मानपत्रद्धारा महासंघले सम्मान गरेको छ । उनलाई दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले सम्मानपत्र प्रदान गरे ।

    नेपाल आइटिएफ तेक्वान्दोको कभर्डहल निर्माणका लागि थापाले महासंघलाई १० लाख आर्थीक सहयोग प्रदान घोषणा गरेका थिए । राज्यले गर्नु पर्नेमा ब्यक्तिले नै नेपाली खेलकुद क्षेत्र विकासका लागि सहयोग गरेकाले त्यसका लागि उच्च कदर गर्ने महासंघले जनाएको छ ।

    उनले नेपाल आइटिएफमा २० वर्षसम्म योगदान पु¥याएको महासंघले जनाएको छ । नेपालमा आइटिएफ तेक्वान्दो विकास,विस्तार र प्रवर्धनका लागि उनले हरेक समय सहयोग गरेको महासंघका अध्यक्ष धमलाले बताए । “रामेछापमा संघले अन्र्तराष्ट्रियस्तरको कभर्डहल निर्माण गर्न लागेको छ ।

    तर हामीसँग आर्थीक अवस्था निकै कमजोर छ । यद्यपी नेपाल आइटिएफ विकास र कभर्डहल निर्माणमा उहाँको सहयोगले हामीलाई थप हौसलित गरेको छ ,” महासंघका अध्यक्ष धमलाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij