प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् । उनले कान्छी छोरी निशाकुसुमको केही दिन अघि मात्रै विवाह गरिन राष्ट्रपति रामवरण यादवका नातीसँग ।
आजको जनआह्वान साप्ताहिक लेख्छ–राष्ट्रपतिको छोरीको विवाहको प्रसंगमा पूर्व राजा ज्ञानेन्द्र समेत जोडिएर आए ।
पछिल्लो दिनमा राष्ट्रवादको नाममा राष्ट्रघातको आन्दोलन चलाउँदै आएका खड्ग ओलीको निर्देशनमा एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी विद्या भण्डारीले ज्ञानेन्द्रलाई निम्ता दिएको बताइन्छ ।
राष्ट्रवादलाई बढावा दिन पनि पूर्व राजालाई बोलाउनु पर्छ, एमालेको पक्षमा जनलहर बढ्छ भन्दै ओलीले विद्यालाई भनेपछि उनले पूर्व राजालाई बोलाएको बताइन्छ ।
त्यसो त एमालेको उपाध्यक्ष रहँदा भण्डारीले पनि राजतन्त्रलाई कुनै न कुनै स्थान दिनु पर्ने भन्दै सार्वजनिक भाषण नै गर्दै आएकी थिइन ।
खड्ग ओलीको आदेशलाई स्वीकार गर्दै गणतन्त्रको समेत मान मर्दन गर्ने गरी राष्ट्रपति प्रस्तुत भएको भन्दै उनको आलोचना समेत भएको छ ।
धेरैले ज्ञानेन्द्रको विवाह समारोहमा उपस्थितीलाई सकारात्मक तथा नकारात्मक कोणबाट व्याख्या एवम् विश्लेषण गरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij