आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘कानपुर रेल दुर्घटना’ आतंकवादी हमला ! नेपाली नागरिक पनि संलग्न रहेको दाबी

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • नयाँ दिल्ली । गत नोभेम्बरमा भारतको कानपुरमा भएको रेल दुर्घटना ‘आतंकवादी हमला’ कै परिणाम भएको ठहर भारतीय अधिकारीहरुले गरेका छन् ।

    अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार रेलको लिकमा क्षति पुर्‍याउनका लागि प्रेसर कुकर बम प्रयोग गरिएको थियो, जसका कारण रेल दुर्घटना हुँदा एक सय ५० जनाको मृत्यु भएको थियो ।

    घटनाका आरोपी मोतीलाल पासवानले दिएको बयानका आधारमा प्रहरीले थप छानविन गरिरहेको बताइएको छ । घटनामा पासवानले अन्य ७ जनासँग मिलेर कानपुर नजिकै रेलको लिकमा दुई पटक क्षति पुर्‍याएको स्वीकार गरेको पनि जनाइएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार उक्त घटनाको योजनाकार ब्रजकिशोर गिरी रहेका छन् । गिरीलाई हत्या आरोपमा नेपालमा गिरफ्तार गरिएको पनि भारतीय संचारमाध्यमले जनाएका छन् । गिरी नेपाली नागरिक नै रहेको भारतीय संचारमाध्यमले खुलासा गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij