आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कुटनीतिक सम्बन्ध सडकमा उठाएर हुँदैन : मन्त्री महत

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • चितवन । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताएका छन् ।

    आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने बताए । उनले भने “समर्थन र विरोध सडकमा गरेर कूटनीति चल्दैन ।”

    छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उनले खुल्ला सीमा, डुबान समस्यालगायतका कारण भारतसँग जति समस्या छन् चीनसँग नरहेको बताए । जहाँ बढी समस्या छ, त्यहाँ बढी छलफल हुने भएकाले भारतसँग नजिकजस्तो देखिए पनि दुवै देशसँगको सम्बन्ध समदुरीको रहेको उनको भनाई थियो ।

    चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उनले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।

    चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उनले बताए ।

    परराष्ट्रमन्त्री महतले गण्डक सम्झौता कार्यान्वयनका लागि दुई देशका बीचमा सहमति भइसकेको बताए ।

    उनले माघ महिनाभित्र नेपाली पक्षले डिपिआर तयार गरी नहरको पुनःसंरचना निर्माण भारतीय पक्षले गर्ने सम्झौता भएको बताए ।

    सो नहरबाट सम्झौताबमोजिम ४० हजार हेक्टर जमिन सिँचाई हुनुपर्नेमा २५ हजार हेक्टर मात्रै हुँदै आएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij