आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पियनले चलाउँछिन् कक्षा

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • नवलपरासी  ।  कावासोती १५ शेरगन्जस्थित माझी प्राविमा शिक्षक अभावले सहयोगी (पीयन) ले समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
    विद्यालय सहयोगी मनमाया माझी वालबालिकाको लागि दिवा खाजा मात्र तयार पार्दिनन्, शिशु र कक्षा १ लाई पढाउने जिम्मेवारी समेत वहन गर्छिन् । त्यसै खाली बस्नुभन्दा आफूले जानेका कुरा पढाउने गरेको उनले बताईन् । आजको कान्तिपुरमा खबर छ ।
    ‘राहत दरबन्दी एक जना र बालविकासतर्फको एक जना गरी दुई जना शिक्षिका मात्र विद्यालयमा छौं’  प्रधानाध्यापक रामकुमारी मर्दनियाले भनिन्, ‘पियनले पनि कक्षा सञ्चालन गर्नुहुन्छ ।’

    अहिले विद्यालयमा ६० छात्रछात्रा अध्ययनरत छन् । जसमध्ये तीन जना बाहेक अन्य सबै विद्यार्थी माझी, मुसहर समुदायका हुन् ।
    शिक्षक दरबन्दी नहुदा अध्यापनमा निकै समस्या छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij